यदि तपाईंले फिल्म ‘माला’ हेर्नु भएको छ भने पक्कै पनि तपाईंलाई एउटा पात्रलाई पक्कै याद हुनुपर्छ । हिरो देखिने उक्त फिल्मका भिलेन अर्थात् चेलिबेटी बेचबिखन गर्ने दलालको भूमिका निभाउने कलाकार थिए, प्रज्वल सुजल गिरी । राम्रो समिक्षा पाउन सफल फिल्म ‘माला’ देखि प्रदर्शनरत फिल्म ‘के म तिम्रो होइन र’ मा प्रज्वलले ‘भिलेन’ को भूमिका निभाएका छन् ।

prajwal-sujal-giri

हिरो लुक्स भएका प्रज्वल किन फिल्ममा भिलेनको भूमिका निभाउँछन् त ? उनको तर्क छ, ‘मलाई हिरो भन्दा पनि ‘भिलेन’ भएर फिल्म खेल्न मन लाग्छ । आगामी दिनमा अझै फरक भूमिका गर्न मन छ।’ मज्जाको भिटीसँगको कुराकानीमा प्रज्जवलले आफ्ना आगामी चाहना पनि खुलाए । ‘मलाई ‘ड्रिम्स’ हिरोइन साम्राज्ञीसँग फिल्म खेल्न मन छ’ उनले भने । मज्जाको टिभीमा प्रज्वलसँग गरिएको मज्जाको कुराकानी हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् :

For More videos Log on to Mazzako TV