हेमराज विसीको निर्देशन रहेको फिल्म ‘गाजलु’ मा युवा स्टार अनमोल केसी र मिस नेपाल (२०१२) को मुख्य भूमिका रहेको छ् । पुर्व मिस नेपाल श्रेष्ठसँग निर्देशक विसीले पहिलो पटक काम गरेतापनि अनमोलसँग भने उनको लामै सहकार्य रहि आएको छ । ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’ गरी हेमराजले अनमोलसँग तीन फिल्ममा सहकार्य गरेका छन् । त्यसैले अनमोलको आनीबानीका बारेमा हेमराज जानकार हुनु स्वभाविक नै हो । आफ्नो फिल्म प्रदर्शनताका मात्रै सार्वजनिक कार्यक्रममा भेटिने अनमोलको आनीबानी कस्तो छ त ? उनी फिल्म युनिटसँग कति मजाक गर्छन् ?

anmol-ck

निर्देशक विसी भन्छन्, ‘अनमोल निकै नै मज्जाको छ ।’ आखिर के के कुरामा मजाक गर्छन् त अनमोल ? निर्देशक विसी हाँस्दै सुनाउँछन्, ‘अनमोलको सेन्स अफ ह्युमर क्यामेरा अगाडी सुनाउन नमिल्ने छ ।’ यता निर्माता रोहित अधिकारी भने फिल्मका सबै कलाकार मज्जाको रहेको बताउँछन् । निर्माता अधिकारी भन्छन्, ‘सबै कलाकार मज्जाका छन् । फिल्म नै मज्जाको छ ।’ यही जेठ २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गाजलु’ ले आफ्नो प्रचार प्रसारलाई तिव्र बनाइरहेको छ । पुर्व कुमारी कथामा आधारित छ । ‘गाजलु’ मा अनमोल र सृष्टिसँगै गौरी मल्ल, गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘गाजलु’ टिमको तर्फबाट निर्देशक, निर्माता र नायिकासँग गरिएको मज्जाको कुराकानी हेर्न तलको लिकंमा क्लिक गर्नुस् :

For More videos Log on to Mazzako TV