लामो समयदेखि चर्चामा रहेको बलिउडका दुई चर्चित अभिनेता सलमान खान र साहरुख खानको भिडन्त अब नहुने भएको छ । साहरुख र सलमानको भिडन्त यो बर्षको इदमा हुने चर्चा थियो । तर, अन्तिम समयमा आएर साहरुख खान अभिनित फिल्म ‘रइस’को रिलिज डेट अर्को बर्षलाई सारिएको छ ।
srk in raees
अब यो फिल्म सन् २०१७ को जनवरी २६ मा रिलिज हुने भएको छ । गतबर्ष नै टिजर रिलिज गर्दै फिल्मको डेट इदमा राखिएको थियो । साहरुख र सलमानको मित्रता सुमधुर भएकाले पनि यी दुइले फिल्म जुधाउन नचाहेको हुन सक्छ । यस्तै, ‘सुल्तान’लाई यशराज ब्यानरले निर्माण गरेकाले पनि साहरुखले यो निर्णय गरेका हुनसक्छ ।

दुई हप्ता अगाडि रिलिज भएको फिल्म ‘फ्यान’ले आशातित व्यापार नगरेपछि साहरुख केही हच्किएका छन् । यसैले उनले फिल्म जुधाउनु उत्तम नभएको ठहर गरेका छन् ।

For More videos Log on to Mazzako TV