फिल्म रिलिजको संघारमा चलचत्रि ‘जंगे’को राजधानी स्थित जय नेपाल हलमा प्रिमियर गरिएको छ । बैशाख १७ गते, शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरमा फिल्म युनिटसँगै फिल्म नगरीका अन्य सेलिब्रेटी पनि सहभागी थिए ।

IMG_9634

बिहिबार साँझ गरिएको प्रिमियरमा उत्कल थापा निर्देशित ‘जंगे’ले सुखद् प्रतिक्रिया पाउन सफल भएको छ ।

IMG_9650

प्रिमियरमा सहभागीले विशेष गरी फिल्मको द्धन्द्ध पक्ष र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । फिल्ममा सुरजसिंह ठकुरी, ऋचा शर्मा, नाजिर हुसेन, सुशिलराज पाण्डे, शुशांक मैनाली, नरेश पौड्याल,अनुप बराल, ज्योती कार्की लगायत कलाकारले अभिनय रहेको छ ।

IMG_9619

निर्माता शुसन प्रजापती भने विदेश रहेका कारण प्रिमियर शोमा सहभागी हुन पाएनन् । ‘जंगे’ प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, निर्देशक प्रविण श्रेष्ठ, विकास आचार्य, हेमराज विसी, निलु डोल्मा शेर्पा, नायिका निशा अधिकारी, प्रियंका कार्की, वर्षा सिवाकोटी, छुल्ठिम गुरुग, हाँस्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौला, ड्रिम्स नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, नायक संजोग कोइराला उनकी प्रेमिका नायिका वर्षा राउत लगायत सहभागी थिए ।

प्रतिक्षित फिल्म ‘जंगे’को प्रिमियर कस्तो भयो त ? तस्बिरमा नियालौं ।

IMG_9674

IMG_9681

IMG_9676

IMG_9704

IMG_9740

IMG_9712

For More videos Log on to Mazzako TV