ट्रेलर रिलिज भएपछि नै निकै राम्रो हाईप क्रिएट गरेको चलचित्र ‘गाजलु’को विदेश प्रर्दशन अधिकार धमाधम विक्री भईरहेको छ । चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार अष्ट्रेलिया, हङकङ र जापानको लागि चलचित्रको प्रर्दशन अधिकार विक्री भईसकेको छ । अन्य देशहरुमा पनि धमाधम कुरा भईरहेको उनले मज्जाको अनलाईनलाई जानकारी गराए ।

gajalu first look

नेपालीटच नामक संस्थाले महँगो रकममा अष्ट्रेलियाको लागी ‘गाजलु’को प्रदर्शन अधिकार किनेको हो । निर्माता अधिकारीले २१ लाखका फिल्म बेचेको जानकारी गराउँछन् । त्यस्तै, जापान र हङकङको लागी पनि ५/५ लाखको सहमतिमा निश्चित प्रदर्शन अधिकार बेचिएको छ। जानकारीमा आए अनुसार यो फिल्म झण्डै २० बढि देशमा रहेका नेपालीमाझ प्रदर्शित हुनेछ ।

उसो त हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र ‘गाजलु’मा अनमोल केसी र सृष्टि श्रेष्ठको जोडीलाई लिएर मिश्रित प्रतिक्रिया आईरहदाँ चलचित्रको प्रर्दशन मिति पनि धेरैको लागि ‘अवेटेड’ बनिईरहेको छ । जेठ २८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यो सिनेमामा अनमोल र सृष्टिका अलावा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV