पूर्व मिस नेपाल एवं फिल्म ‘हाउ फन्नी’ कि कार्यकारी निर्मात्री माल्भिका सुब्बा आमा बनेकी छिन् । उनले वैशाख २ गते नै सन्तानलाई जन्म दिएकी थिइन् । तर, उनले वैशाख १३ गतेमात्र सन्तान जन्मिएको जानकारी सामाजिक संजालबाट गराएकी छिन् । उनलाई पहिलो सन्तानको रुपमा छोरा भएको छ ।
Malvika-Subba
माल्भिकाले छोरा जन्माएको खुशी साटेकी छिन् । पति रियाजले छोरालाई बोक्दै गरेको तस्बिर सार्वजनिक गरिएको छ । माल्भिका वैशाख १० गते आमा बन्ने कुरा सार्वजनिक भएको थियो । तर,  फिल्म ‘हाउ फन्नी’को पत्रकार सम्मेलनमा उनले वैशाख १७ गते डाक्टरले डेट दिएको बताएकी थिइन् । छोराको नाम जइर रिओ सुब्बा श्रेष्ठ राखिएको छ ।

For More videos Log on to Mazzako TV