बलिउडका अविवाहित अभिनेता सलमान खान फेरि एकपटक मामा बनेका छन् । मामा सलमानले आफ्नो नयाँ भान्जालाई अस्पतालमै गएर भेट गरे ।
salman with vanja
सलमानकी बहिनी अर्पिताले वुधबार छोरालाई जन्म दिएकी छिन् । भान्जालाई भेट्न अस्पताल नै पुगेका सलमानले भान्जाको निधारमा चुम्बन गरे । भान्जा जन्मिएको खबर पाएपछि सलमान सबै काम छाडेर अस्पताल पुगेका थिए ।

अर्पिताले छोराको नाम आहिल राखेकी छिन् । अर्पिताका श्रीमान् आयुष शर्माले आफ्नो घरमा प्रिन्स आएको भन्दै स्टाटस फोटो शेयर गरेका थिए ।

For More videos Log on to Mazzako TV