हाँस्य कलाकार दीपाश्री निरौलाले निर्देशन गर्ने भनिएको फिल्म ‘लप्पन ६प्पन’ अब नबन्ने भएको छ । यो नाम अर्कै ब्यानरको नाममा दर्ता भएपछि दीपाको पहिलो निर्देशनमा बन्ने फिल्म ‘लप्पन ६प्पन’ नबन्ने पक्का भएको हो ।
depak dipa
अब, यो नाम नहुने भएपछि दीपा र निर्माता दीपकराज गिरीले फिल्मको नाम परिवर्तन गरेका छन् । निर्माता दीपकराज गिरीका अनुसार फिल्मको नाम ‘६क्का पन्जा’ राखिएको छ । फिल्मको छायांकन चैत्र ८ गतेबाट सुरु हुने दीपकले बताए ।

आफ्नो पहिलो निर्देशकिय फिल्म भएकाले पनि दीपाले अहिले मिहिनेत गरिरहेकी छिन् । फिल्मको कथावस्तुमा यसपटक पनि कमेडीलाई नै महत्व दिइएको छ ।

For More videos Log on to Mazzako TV