अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहेको फिल्म को आफ्नो कसैको बन्न सकेन । फिल्म काठमाण्डौका केही मल्टिप्लेक्स र केही सिंगल हलबाट लागेकै दिन अर्थात शुक्रबार नै उत्रियो । शनिबार पनि अनिल थापाले निर्देशन गरेको यो फिल्म हेर्न हलमा दर्शक गएनन् । nisha-and-richa

अभिनेत्री ऋचा शर्मा यो फिल्मबाट आफ्नो करिअरमै अर्को फड्को मार्ने सोचमा थिइन् । तर, उनको यो फिल्म हेर्न दर्शक नगएपछि उनको करिअरलाई अप्ठ्यारो भएको छ ।

व्यवसायिक भन्दा अन्य फिल्म खेलेर ऋचाले अवार्ड जित्दै आएकी छिन् । यो फिल्मबाट पनि अवार्ड जित्ने सोच उनको थियो होला । व्यवसायिक रुपमा धराशायी बनेको यो फिल्मले ऋचालाई ठूलै घाटा दिलाएको छ ।

For More videos Log on to Mazzako TV