चर्चा धेरै नै हुने भएपनि नेपाली फिल्म क्षेत्रकी अभिनेत्री केकी अधिकारीका लागि सफल फिल्म सपना जस्तै भैसकेको छ । नेपाली फिल्ममा स्वरबाट आएकी केकीको भागमा सफल फिल्म नै छैन ।
Keki Adhikari Bagmati Film
उनीसँगैका अन्य अभिनेत्री अभिनेता वा ब्यानरका कारण सफल भएपनि केकीका लागि सफलता नै थ्रेट देखिएको छ ।

म्यूजिक भिडियो र फिल्ममा अभिनय उस्तै गर्ने केकीका फ्यान पनि फेसबुकमा छन् । तर, हलसम्म आउने फ्यान केकीले कमाउनै सकिनन् । यो बर्ष पनि केकीका लागि थ्रेट बनिसकेको छ ।

फन्को र बागमतीको असफलताले केकीको निरन्तर असफल फिल्मको सूची लामो भैसकेको छ । चैत्र ५ गते  रिलिज हुने फिल्म भाग् सानी भाग् पनि नचले केकी अधिकारीका लागि यो बर्ष नै थ्रेट बन्नेछ ।

के केकी अधिकारी यो बर्ष आफू मुख्य भूमिकामा रहेको भाग् सानी भाग्बाट सफल होलिन्, उनको मनमा पनि यस्तै प्रश्न छ । केकी अहिले यो फिल्मका लागि गम्भिर त छिन्, तर चल्यो भने फाइदै होला । चलेन भने केकीका लागि असफल फिल्म थ्रेट बनिरहनेछ ।

For More videos Log on to Mazzako TV