निर्माता छविराज ओझा चैत्र २६ बाट पछि सरेका छन् । उनले निर्माण गरेको नयाँ फिल्म ‘किस्मत २’ चैत्र २६ गते रिलिज हुने चर्चा थियो । छविले आफूले निर्माण गरेको फिल्म चैत्र २६ गते रिलिज पनि गर्दै आएका थिए । तर, यसपटक भने उनको मन पगालिन्, अभिनेत्री रेखा थापाले ।

Rekha Thapa And Chhabi Ojha
रेखा र छविले वुधबार जय नेपाल हलमा गरेको अंकमालले मिडियामा बढी हाइप पाएको थियो । दुबै दंग र खुशी पनि थिए । तर, वुझ्नमा आए अनुसार रेखाका लागि छविले आफ्नो फिल्म चैत्र २६ गते न ल्याउने भएका छन् । गतबर्ष फिल्म ‘हवल्दार सुन्तली’ रिलिज गरेका छविले यसपटक भने किस्मतलाई नयाँ बर्षको साउनतिर रिलिज गर्ने सोच बनाएका छन् । चैत्र २६ गतेदेखि रेखाको ‘रामप्यारी’ अल नेपाल रिलिज हुनेछ ।

आखिर, अलग भएपनि माया गाढा छ भन्ने देखाउन खोजेका हुन् त छविले ???….. कुरा यस्तै छ ।

For More videos Log on to Mazzako TV