अभिनेता भूवन केसीको नयाँ फिल्म ‘ड्रिम्स’को प्रचार आक्रामक भैरहेको छ । भूवन छोरा अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीलाई प्रचारमा दौडाइरहेका छन् । तर, त्यो भन्दा बढी आफू दौडिएका छन् ।

Anmol and Samragiye

भूवन केसीको यो फिल्मको ट्रेलरले हाइप पाइसकेकाले पनि उनी खुशी छन् । फागुन २१ गतेबाट फिल्म चल्दैछ । ४ दिनको बिदा यो फिल्मले खाने धेरैको विश्लेषण छ । तर, भूवन केसी आक्रामक हुँदा उनको फिल्मसँग जुध्न तयार भएको निर्देशक दिनेश डीसीको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को चर्चा भने सेलाएको छ । दिनेशले फिल्म जुधे पनि फरक नपर्ने बताएका थिए । तर, उनी फिल्मको ट्रेलर रिलिज पछि आक्रामक हुनुपर्नेमा मौन देखिएका छन् ।

Bhuwan-and-Dinesh

दिनेशको यो फिल्मको प्रदर्शन मिति २ पटक सरिसकेको छ । यस्तो अवस्थामा यसपटक उनले फिल्मको मिति सार्दैनन् र भूवनसँग जुध्छन् भन्ने धेरैको वुझाई हो । तर, प्रचारमा तिव्रता दिनुपर्नेमा सुस्ताएका दिनेशले फागुन २१ मै फिल्म रिलिज गर्लान् त ?

For More videos Log on to Mazzako TV