गायक तथा नायक बाबु बोगटी र नायिका नम्रता श्रेष्ठ अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । स्वच्छन्द प्रेमको मिठो परिकल्पना अनि रोमान्स भिडियोको मुख्य आर्कषण हो । ‘पाउजुले छुनछुनाउन तिमीबाटै सिकोस’ बोलको यो गीतमा बाबु र नम्रतालाई भिन्नै अन्दाजमा प्रस्तुत गरिएको छ । सुरज श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोलाई लिएर बाबु बोगटी निकै आशावादी देखिएका छन् ।

12705377_771049409695096_6178872028111372086_n

रत्न सुब्बाको स्वर तथा संगीतमा तयार भएको  यो गीतको भिडियोलाई रोमान्टिक शैलीमा खिचिएको छ । गीतमा शब्द सौरभ तिम्सिनाको छ । गीतको छायांकन हरि हुमागाईले गरेका हुन भने सम्पादन उज्जवल ढकालको रहेको छ ।

For More videos Log on to Mazzako TV