फिल्म वीर विक्रममा अभिनेता दयाहाङको नयाँ लुक्स देखिएको छ । मिलन चाम्सले निर्माण तथा  निर्देशन गरेको यो फिल्मको नेपाल प्रदर्शन मिति भने तय भएको छैन । फिल्मको फस्ट लुक र क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो । जसमा अभिनेता दयाहाङ राइको रुप फरक छ ।
bir-bikram-poster
चाम्सले बनाएको फिल्म ‘हँसिया’ले नेपाली फिल्म जगतका साथै विश्व बजारमा पनि चर्चा पायो । लभ, एक्सन र कमेडी जनराको यो फिल्ममा शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनिशरा राई सह-निर्माताको रुपमा छन् । फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्ट मुख्य भूमिकामा छन् ।

ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध, अर्जुन जीसीको सम्पादन र राम कुमार केसीको फिल्ममा छायांकन छ । फिल्मको कथा यम थापाले लेखेका हुन् । anup-and-diya-in-bir-bikram

यो फिल्मको  प्रिमियर हङकङमा गरिने भएको छ । मार्च २८ तारिखमा फिल्मको भव्य प्रिमियर हङकङमा गरिन लागेको निर्देशक तथा निर्माता मिलन चाम्सले बताए । यस्तै, अप्रिल २ तारिखमा फिल्मको भव्य शो वेलायतमा गरिनेछ ।
यसपटक फिल्ममा निर्माणमा दर्शकले नयाा टेष्ट पाउने विश्वास निर्देशकको छ । यो फिल्ममा दयालाई द्धन्द्धात्मक भूमिकादेखि कमेडी र नृत्य गर्दै गरेको अवस्थामा देखिने मिलनको दाबी छ ।

For More videos Log on to Mazzako TV