फेसबुक, ट्विटर वा इन्स्ट्राग्राममा अभिनेत्रीहरुको फ्यान बढेको बढै छन् । अभिनेत्रीहरु पनि फ्यानलाई आफ्नो परिवार भएको भन्दै धन्यवाद दिन्छन् । नेपालमा रेखा थापा, केकी अधिकारी, प्रियंका कार्की, नन्दिता केसी, ऋचा शर्मा लगायतका थुप्रै अभिनेत्रीको लाइक पेज छ, फेसबुकमा ।
menuka-and-priyanka
फेसबुकमा लाइक पेज भएकै आधारमा धेरै अभिनेत्री आफू चर्चित बनेको पनि ठान्छन् । तर, फेसबुकमा भएका फ्यान मध्ये केही प्रतिशतले मात्र ती अभिनेत्रीका फिल्म हलमा गएर हेरेका छन् ।

हलमा गएर फिल्म हेर्ने दर्शकले त सायद, कमैले मात्र उनीहरुको पेज लाइक गरेका होलान् । किनकी, नेपाली फिल्मका वास्तविक धेरै दर्शकले त फेसबुक नै चलाउादैनन् ।

अहिले त धेरै अभिनेत्रीको फेसबुक पेज स्पोन्सर गरिएको पाइन्छ । प्रियंका कार्की, केकी अधिकारी, नन्दिता केसी, ऋचा शर्मादेखि भर्खर आउँदै गरेका अभिनेत्री पनि लाइक पेज  किनेर फ्यान बढाइरहेका छन् ।

अभिनेत्रीहरुले फेसबुकमा फ्यान छन् भनेर मख्ख पर्नुभन्दा आफ्नो फिल्ममा काम राम्रो र प्रचारमा सक्रियता देखाउन आवश्यक छ । कहिलेकाही देखिएको कुरामा मख्ख पर्दा देख्न बााकी वास्तविक फ्यान छुट्ने डर हुन्छ ।

For More videos Log on to Mazzako TV