‘के छ ड्याडी’ भन्दै अभिनेत्री रेखा थापा निर्माता छविराज ओझाको अंगालोमा पुगिन् । छवि पनि ‘ठिक छ बाबु’ भन्दै रेखालाई आफ्नो अंगालोमा कस्न आतुर देखिए । Rekha Thapa And Chhabi Ojha
काठमाण्डौको जय नेपाल हलमा वुधबार बेलुकी देखिएको यो दृश्यले धेरैको ध्यान तानेको हो । फिल्म को आफ्नो हेर्न आ आफ्नै तरिकाले जय नेपाल पुगेका रेखा र छवि र्फकने बेलामा भने नाटकिय शैलीमा देखिए ।

रेखाले छविलाई गाडीमा लगिदिन्छु भन्दा छविले हिडेरै जान्छु भनेका थिए । रेखा र छविको मिलनले यी दुई अझै पनि एक अर्कालाई सम्मान र माया गर्छन् भन्ने देखिन्छ ।

रेखा र छविको यो अंकमालसँगै यी दुइको फिल्म एकसाथ नजुध्ने संभावना पनि बढेको छ । संभवत छविले रेखाका लागि चैत्र २६ को मिति छाडेर आफू नयाँ बर्षको साउन महिनातिर जाने तयारी गरेका छन् ।

????????????????????????????????????

यसैले पनि अलग हुने समयमा रेखालाई कारसम्म आएर बिदाई गरेका छवि खुशी देखिए । यता रेखा पनि छविसागको अंकमाल पछि खुशी देखिएकी थिइन् ।

फोटो – उत्सव रसाईली

For More videos Log on to Mazzako TV