सुवास गिरी र आर्यन सिग्देल मिलेर बनाएको फिल्म क्लासिकले १ करोड ग्रस कमाई गरेको यसको निर्माताले बताएका छन् । निर्माता सुवास गिरीका अनुसार मंगलबारबाट फिल्म को ग्रस १ करोड पुगेको बताए । Aryan And Namrata
३ वटा नेपाली, एउटा हिन्दी र एउटा अंग्रेजी फिल्मको भिडन्त हुादा पनि आर्यन सिग्देल र नम्रता सिग्देल अभिनित यो फिल्मले १ करोडको ग्रस व्यापार ५ दिनमै गर्नुलाई सुखद मान्न सकिन्छ ।

यो फिल्म अहिले पनि वर्ड अफ माउथका कारण राम्रो चलिरहेको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

यसैविच, फिल्मको दोश्रो  साताको प्रचारका लागि निर्माता सुवास गिरी र अभिनेता आर्यन सिग्देल काठमाण्डौ बाहिर हिडेका छन् । पूर्व र पश्चिमका विभिन्न शहरमा शनिबारसम्म दर्शकको साथमा बसेर फिल्म हेर्ने तयारी गरिएको छ ।

For More videos Log on to Mazzako TV