अभिनेता अनमोल केसीले आफू सस्तो बन्न नचाहेको बताएका छन् । अनमोलले महिना महिना कुनै पनि कलाकारको फिल्म आउँदा दर्शकमा उप्रति कौतुहलता कम हुने बताए । यसैले आफूले फिल्मका लागि समय ग्याप गर्ने गरेको अनमोलको भनाई छ ।
Anmol KC
अनमोलका अनुसार उनी धेरै फिल्म खेल्न नै चाहन्नन् । जसका कारण दर्शकमा आफूप्रतिको उत्सकुता रही नै रहोस् भन्ने चाहना आफूमा हुने अनमोलले बताए ।
फिल्म जेरी रिलिज भएको १६ महिनापछि मात्र अनमोल पर्दामा देखिन लागेका छन् ।

अनमोलले फिल्म क्षेत्रमा आउने नयाँ अभिनेताको तुलना आफूसँग हुनुलाई अनौठो नमानेको बताए । उनले आफू त बर्षमा १ महिना मात्र आउने भन्दै बाँकी ११ महिना फिल्म क्षेत्र अगाडि बढाउनका लागि पनि नयाँ नयाँ अनुहार आउनु पर्ने बताए ।

For More videos Log on to Mazzako TV