फिल्म लुट निर्देशन गरेर एकाएक चर्चामा पुगेका निर्देशक निश्चल बस्नेतले लगनगाँठो कसेका छन् । उनको आज मोडल स्वस्तिमा खड्कासँग बिहे भैरहेको छ । काठमाण्डौको तिनकुनेमा रहेको रोयल ब्याङ्केटमा दुइको बिहे भैरहेको छ । बिहेमा निश्चल आवद्ध वितरण संस्था पपकर्नका सदस्यहरुलाई मात्र बोलाइएको छ । फिल्मीकर्मीको उपस्तिथी छैन । nischal-and-swostima-bihe
निश्चल र स्वस्तिमाको केही महिना अगाडि इन्गेजमेन्ट भएको थियो । फिल्म होस्टेल रिटन्र्समा अभिनय गरेकी स्वस्तिमाले केही म्यूजिक भिडियोमा पनि काम गरेकी छिन् ।
निश्चलले आफ्ना साथीभाइलाई भोली काठमाण्डौको मेघा पार्टी प्यालेसमा बिहे भोजको आयोजना गरेका छन् । स्वस्तिमा भर्खर २० बर्ष भइन् भने निश्चल ३४ बर्षमा दौडिरहेका छन् ।

For More videos Log on to Mazzako TV