अभिनेत्री प्रियंका कार्कीको हट शैली त अहिले फिल्मका रेड कार्पेटदेखि उनकै म्यूजिक  भिडियोमा  पनि देखिन्छ । प्रियंकाको हट शैलीको बारेमा विभिन्न खालका चर्चा भैरहँदा उनी फिल्म क्लासिकमा रहेको रहस्य खुलेको छ ।
aaryan-and-priyana
सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टले फिल्म रिलिज भएको पाँचौ दिनमा के यो माया हो बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । जसमा अभिनेत्री कार्कीले अभिनेता आर्यन सिग्देलसँग प्रेमलय साटेकी छिन् । हुनत, यो फिल्मकी मुख्य अभिनेत्री भने नम्रता श्रेष्ठ हुन् । तर, अभिनेत्री कार्कीले पनि फिल्ममा विशेष भूमिकामा काम गरेकी छिन् ।

फिल्म क्लासिको यो गीत सार्वजनिकसँगै यसको सिक्वेल बनाउने तयारी पनि निर्माता सुवास गिरीले गरेका छन् । फिल्मको सिक्वेलको बिषयमा माग आएकाले यस बारेमा आफूहरुले सोच राखेको उनको भनाई थियो । दिनेश राउतको निर्देशनमा बनेको यो फिल्मले शुक्रबार, शनिबार र आइतबार आक्रमक व्यापार गरेको छ । साथै, सोमबारदेखि वर्ड अफ माउथले पनि काम गरेको र दर्शकको फ्लो नघटेको निर्माताको दाबी छ ।

फिल्म रिलिज भएर राम्रो प्रतिक्रिया पाएपछि यसका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ काठमाण्डौ बाहिरका हलमा दर्शकसाग खुशी साट्न जाने भएका छन् । वुधबारदेखि शनिबारसम्म आर्यन र नम्रता दमक, धरान, विर्तामोड, चितवन, वुटवल, पोखरा पुग्नेछन् ।

For More videos Log on to Mazzako TV