अभिनेत्री मरिष्मा पोख्रेल नेपाली फिल्मका लागि नयाँ हुन् । तर, उनले सोमबार आयोजना भएको एक कार्यक्रममा आफूलाई ठूलै स्टार भन्दा पनि धेरै संझदा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइको राम्रै वचन सुन्नपर्यो ।
mariska-pokheral
बेलुकी ५ बजेका लागि बोलाइएको फिल्म चपली हाइट २ घोषणा कार्यक्रममा मरिष्का २ घन्टा ढिलो आइपुगिन् । जसका कारण कार्यक्रम उनकै कारण ढिला सुरु भयो ।

मरिष्का आएलगतै कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा बोर्ड अध्यक्ष राइले कलाकारले राम्रो अभिनय मात्र गरेर नहुने भन्दै समयको ख्याल गर्न पनि आग्रह गरे । उनले एक जनाका कारण यती धेरै मानिसको समय बर्बाद भएको भन्दै मरिष्काको घुमाउरो आलोचना गरे । सो समयमा के म तिम्रो होइन र डेब्यू अभिनेत्रीको अनुहार कालो भयो ।

कार्यक्रममा खुलेको पहिरन लगाएर पुगेकी मरिष्का जाममा परेकाले ढिलो आएको भन्दै निर्माता अर्जुन कुमारले बचाउ गरेका थिए ।

For More videos Log on to Mazzako TV