चर्चित कमेडियन कपिल शर्माले आफ्नो सफलता समाल्न सकिरहेका छैनन् । कर्लस च्यानलबाट प्रशारण हुने उनको हिट कमेडी शो यसै कारण बन्द भएको कर्लसका सीइओको भनाई छ । अब, उनै कपिल फिल्मका लागि पनि महंगो पारिश्रमिक मागिरहेका छन् । kapil-sharma

पहिलो फिल्म किस किस से प्यार करुँमा काम गर्दा कपिलले १ करोड पारिश्रमिक लिएका थिए । तर, अब उनी फिल्मका लागि ५ करोडको माग गरिरहेका छन् ।

उनलाई लाग्छ किस किसको प्यार करुा उनकै कारण हिट भएको हो ।  यो फिल्मको सफलतापछि कपिलसँग मिलेर निर्देशक अब्बास मस्तान र अन्य ३ कम्पनी फिल्म बनाउन चाहन्छन् ।

तर, कपिलले प्रत्येक फिल्मका लागि ५ करोडका दरले पारिश्रमिक मागेका छन् । सुरुमा उनले यी फिल्म १ करोडका दरले गर्ने पक्का गरेका थिए । निर्मातालाई कपिलका फ्यानले फिल्म हेरेर करिब ३० करोडको बजेट फिर्ता हुन्छ भन्ने लाग्दैन ।

For More videos Log on to Mazzako TV