हसनको फिल्ममा पहिलो मुस्लिम अभिनेत्री
अभिनेता हसन खानले निर्माण गर्न लागेको फिल्म रोमियोमा अभिनेत्रीको रुपमा ओशिमा बनु अनुवन्धित भएकी छिन् । फेसन पेशामा आवद्ध बनुलाई हसनले केही दिन अगाडि फिल्मका २ मुख्य अभिनेत्री मध्ये एकका लागि अनुवन्धित गरेका हुन् । फिल्मको शिर्ष भूमिकामा भने हसन आफै नै खेल्दैछन् ।
यो फिल्मलाई सुमन घिमिरेले निर्देशन गर्न लागेका छन् । फिल्मको कथावस्तुमा अहिले धमाधम काम भैरहेको छ । फिल्मका लागि मुख्य एक अभिनेत्रीको खोजी भने भैरहेको छ ।
असिमा पहिलो मुस्लिम अभिनेत्री भएको दाबी समेत हसनले गरेका छन् । यो फिल्मको छायांकन फागुनको तेश्रो साताबाट सुरु हुनेछ । मुख्य अभिनेत्रीको खोजी भैरहेको र पक्का हुने वित्तिकै काम सुरु हुने हसनको भनाई छ । एचआरके प्रोडक्शनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।
For More videos Log on to Mazzako TV