नेपाली फिल्म क्षेत्रकी हट अभिनेत्री सुष्मा कार्कीको जन्मदिनमा पारिवारिक जमघट गरिएको छ । करिब ९ बजेको साइतमा सुष्माले केक काटिन् । केकमा सुष्माको तस्बिर पनि राखिएको थियो । susma cake

फागुन महिनाको दोश्रो दिनमा वन पिस खुलेको गाउनमा उपस्थित सुष्माले फिल्म क्षेत्रका फिल्मीकर्मीलाई भने निमन्त्रणा गरिनन् । तर, फिल्म चलेस बतास सुस्तरीका अभिनेता प्रमा्ेद भारद्धाज, पूर्व मिस नेपाल रुवी राणा, संगीतकार चेतन सापकोटा लगायत सुष्माको जन्मदिनमा देखिएका थिए ।
renasha in susma birthday
सुष्मालाई हिट बनाउने गीत फिल्म लुटको उध्रेको चोलीदेखि उ लालासम्म उनको जन्मदिन पार्टीमा घन्कियो । सुष्माले प्रेम दिवसको अवसरमा पर्ने आफ्नो जन्मदिन सधै मनाउँदै आएकी छिन् । तर, आफूलाई प्रेम दिवसको भने खासै मतलब नहुने सुष्माको भनाई छ ।
susma and pradip susma birthday celibration susma birthday
अहिले उनी अभिनित फिल्म चलेस बतास सुस्तरी चलिरहेको छ । सुष्माले जन्मदिनको अवसरमा केक काट्दै गर्दा आफू काममा नै दत्तचित्त भएर लाग्ने बताइन् ।

For More videos Log on to Mazzako TV