शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म प्रेमगीतले २ दिनमा ६९ लाख कमाएको दाबी यसका निर्माता सन्तोष सेनले गरेका छन् । आशुसेन फिल्मस्ले मिडियालाई उपलब्ध गराएको व्यापारिक रिपोर्ट अनुसार पहिलो दिन १८ र दोश्रो दिन ५१ लाखको कलेक्शन सार्वजनिक गरिएको छ । Pradip and puja
पहिलो दिन सामान्य व्यापार गरेको यो फिल्मले शनिबार भने आक्रामक व्यापार गरेको थियो । नेपालमा बक्स अफिस नहुने भएकाले पनि वितरक वा निर्माताको रिपोर्टमा भर पर्नु हुन्छ । फिल्मको व्यापार दिनहुा बढिरहेको दाबी निर्माताले गरेका छन् ।

हामीलाई प्राप्त रिपोर्ट अनुसार फिल्मले धरानमा शुक्रबार ३५ हजार र शनिबार करिब १ लाखको व्यापार गरेको छ । दमकमा यो फिल्मले शुक्रबार ३० हजार र शनिबार ८५ हजारको कलेक्शन गरेको छ । फिल्मले पोखरामा शनिबार करिब ३ लाखको व्यापार गरेको थियो ।

चितवनमा फिल्मले पहिलो दिन ३० हजार र दोश्रो दिन करिब ९० हजारको व्यापार गरेको आँकडा प्राप्त भएको छ । प्रेमगीतसँगै प्रदर्शनमा आएको अर्को फिल्म क्लासिकले दुई दिनमा ६६ लाखको व्यापार गरेको रिपोर्ट यसका निर्माताले दिएका छन् ।

शनिबार मात्र यी दुइ फिल्मको दाबीलाई मान्ने हो भने करिब १ करोडको व्यापार भएको छ, जुन नेपाली फिल्म हलहरुमा मात्र संभव देखिदैन ।

For More videos Log on to Mazzako TV