अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको स्टारडमले काम गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म क्लासिकले दुई दिनमा बम्पर कमाई गरेको छ । पहिलो दिन सामान्य सुरुवाट गरेको चलचित्रले शनिबार भने देशैभरीका हलमा उत्साहजनक व्यापार गर्यो । चलचित्रले दुई दिनमा ६६ लाखको कमाई गरेको छ । पहिलो दिन १८ लाखको सामान्य व्यापार गरेको फिल्मले दोश्रो दिनमा ४८ लाखको कमाई गरेको छ ।

Aryan Namrata 2
काठमाण्डौमा निर्माता सुवास गिरीले आफै फिल्म लगाएका छन् भने काठमाण्डौ बाहिर मनोज राठी र उज्ज्वल पौडेलले फिल्म वितरण गरेका हुन् । गोपिकृष्ण हलमा फिल्मले शनिबार करिब ४ लाखको व्यापार गरेको छ । पोखरा, चितवन, धरानमा फिल्मको व्यापार अन्य स्थानको तुलनामा माथि छ ।

काठमाण्डौको गोपी, गुण, अष्टनारायणमा पनि फिल्मले सबैभन्दा राम्रो व्यापार गर्यो । निर्माता सुवास गिरीले पहिलो दिनको व्यापारबाट थोरै तनाव भएपनि शनिबारको व्यापारपछि आफूहरु ढुक्क भएको बताए ।

दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म हेरेपछि अधिकांश दर्शक रोएका छन् । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ एकसाथ आउँदा फिल्म चल्छ भन्ने पुष्टी यो फिल्मले गरेको छ । फिल्मको माउथ पब्लिसिटी राम्रो रहेकाले व्यापारमा एकरुपकता रहने विश्वास निर्माता गिरीको छ । भोली प्रेम दिवस पनि रहेकाले माया गर्नेहरुका लागि क्लासिक रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

For More videos Log on to Mazzako TV