फिल्म क्लासिकको निर्माण यूनिटले रंग पत्रकारका लागि आयोजना गरेको प्रेस शोमा धेरैको सोच थियो, अभिनेत्री नम्रता श्रेष्ठ एक्लै आउँछिन् । तर, रंग पत्रकार हल भित्र छिरिसकेपछि आएकी नम्रताको साथमा देखिए, एक अग्ला यूवक । उनी थिए नम्रताका प्रेमी दावा शेर्पा ।
Namrata Shrestha
दावासँग नम्रता यसरी पहिलो  पटक हिड्न थालेकी भने होइनन् । नम्रता र दावा प्रेममा परेपछि एकसाथ हिड्न थालेका छन् । यसको अर्थ हुन्छ, नम्रता प्रेममा खुल्ला छिन् ।

दावासँग प्रेम गर्नु अगाडि पनि नम्रता फिल्मका कार्यक्रममा प्रेम घलेसँग यसरी नै हिड्थिन् । प्रेम र नम्रताको प्रेम पनि गम्भिर रुपमा अगाडि बढेको थिए । तर, अहिले यी दुई अलग भए ।

नम्रता प्रेममा गम्भिर हुन्छिन् । तर, उनको प्रेम टिक्दैन । रेमन श्रेष्ठ र नम्रताको प्रेम चर्चा त अझै पनि हुन्छ । ३ यूवकसँग नम्रताले गहिरो प्रेम गरिसकेकी छिन् । नम्रता प्रेममा परेपछि गम्भिर हुने उनका निकट फिल्मीकर्मी बताउँछन् ।

दावले फिल्म क्लासिक हेरेपछि नम्रताको कामलाई मुक्तकण्ठाले प्रशंसा पनि गरे । तर, नम्रताको प्रेम असफल भएको विगतलाई हेर्ने हो भने उनको र दावाको सम्बन्ध के होला भन्नेहरु पनि छन् । नम्रता यसपटक भने प्रेममा सफल होउन् ।

For More videos Log on to Mazzako TV