सुष्मा कार्की नेपाली सिने नगरीमा ‘आईटम क्वीन’ भनेर चिनिने नाम हो । निकै सम्भवना भएर पनि छायाँमा परेकी नायिका भनेर चिनिने सुष्मालाई चलचित्र ‘चलेछ बतास सुस्तरी’बाट भने निकै ठुलो आशा छ । विशेषत आजकाल विदेशका कार्यक्रमहरुमा ब्यस्त सुष्माले आफ्नो ब्यक्तिगत जीवन र सिनेमा करियरको बारेमा खुलेरै कुरा गरेकी छिन् ।

Sushma Karki 2

‘नाम होस्,बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने ट्यागलाईनबाट इन्सपायर सुष्माले आफ्नो बारेमा अरुले के भन्छ भन्ने कुराले आफुलाई कुनै फरक नपार्ने बताउछिन् । सुष्मा भन्छिन्, ‘मलाई चिन्नले म कस्तो छु भन्ने मज्जाले थाहा पाएको नै छ बजारमा मेरो बारेमा के के कुरा काटिन्छ त्यो मलाई मतलब छैन्’ । उनले आफुमा ‘सेल्फ इस्टिम’ भएकै कारणले गर्दा पनि काम माग्दै निर्देशक निर्माताहरुकोमा धाउने बानी नभएको पनि खुलाएकी छिन् ।

Sushma Karki 1

मज्जाको टिभीसँग सुष्माले गरेको एक्सक्लुसिभ कुराकानी हेर्नुस् ।

For More videos Log on to Mazzako TV