आजबाट देशभरका ५० बढी हलमा रिलिज भएको फिल्म क्लासिकले दर्शक रुवाएको छ । काठमाण्डौको कुमारी हलमा बिहान आयोजना गरिएको प्रेस शोमा पुगेका दर्शक फिल्म हेर्दै गर्दा रोएका थिए । विशेषगरि, महिला तथा यूवतीको आाखामा आाशु धेरै देखियो । Aryan And Namrata
नेपाली फिल्म हेरेर अहिलेसम्म नरोएका धेरै दर्शकले पनि आफूहरुको आँखा रसाएको बताए । अभिनेत्री नम्रता श्रेष्ठको अभिनय र उनले बोलेको संवादले दर्शक रुवाएको पाइयो ।

फिल्म ‘क्लासिक’ हेर्न पुगेका रंग पत्रकार, हाँस्य कलाकार दीपकराज गिरीले पनि उत्कृष्ट कथावस्तु र प्रस्तुती भनेका छन् । फिल्मको दोश्रो भागलाई बलियो मानिएको छ ।
Classic Team Namrata Shrestha
सुवास गिरी र आर्यन सिग्देल मिलेर बनाएको यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे मुख्य भूमिकामा छन् । दृष्टिबिहिन दुई जोडीको कथालाई उठान गरेको यो फिल्मको वर्ड अफ माउथ पनि बलियो देखिएको छ ।

दिनेश राउत निर्देशित यो फिल्मबाट अभिनेत्री नम्रता श्रेष्ठको अभियन अर्को उचाइमा पुगेको छ । अर्को बर्ष आयोजना हुने राष्ट्रिय अवार्डदेखि सबै अवार्डका लागि नम्रता दाबेदार भएको चर्चा समेत सुरु भैसकेको छ ।

For More videos Log on to Mazzako TV