केही पाउनका लागि केही गुमाउनै पर्छ । तर, बलिउड अभिनेत्री अनुष्का शर्मा भने केही पाउनका लागि केही दुखाउँदै छिन् । उनले दुखाएको कुरा हो उनको शरीर ।
anuska-sharma
सलमान खान स्टारर फिल्म सुल्तानमा अनुवन्धित भएपछि अनुष्का शर्मा अहिले ट्रेनिङमा व्यस्त छिन् । अनुष्का शर्मा यो फिल्ममा सलमान खानसँग कस्तो भूमिकामा देखिन लागेकी हुन् भन्ने कुरा खुलेको छैन ।

तर, पनि अनुष्का भने सलमानसँग काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् । उनै अनुष्काले फिल्म सुल्तानका लागि कडा मिहिनेत गरिरहेकी छिन् । उनले सामाजिक संजालमा पोष्ट गरेको तस्बिरमा उनी कडा मिहिनेत गरिरहेको देखिन्छ । जसमा उनले केही पाउनका लागि केही गाह्रो हुने भन्दै अब ट्रेनिङ मात्र भनेर लेखेकी छिन् ।

अली अब्बास जफरको निर्देशनमा बनिरहेको यो फिल्ममा सलमान हरियाणाका रेसलर सुल्तान अलीको भूमिकामा देखिदैछन् ।

For More videos Log on to Mazzako TV