फिल्म ‘क्लासिक’ यो बर्षकै सर्वाधिक प्रतिक्षामा छ । माघ २९ गते शुक्रबारबाट प्रदर्शनमा आउने लभ स्टोरी जनराको यो फिल्मका मुख्य कलाकार हुन्, आर्यन सिग्देल र नम्रता श्रेष्ठ ।
Aryan Namrata 2
फिल्म रिलिजको बेलामा दुई मुख्य कलाकारमध्ये को हाबी होला भन्ने प्रश्न पनि उठेको छ । आर्यनले पहिलो पटक दृष्टिबिहिनको भूमिकामा काम गरेका हुन् । यसैले पनि यो भूमिका उनका लागि च्यालेन्जिङ छ ।

अभिनेत्री नम्रता श्रेष्ठ यस अगाडि दृष्टिबिहिन नबनेपनि ‘मौन’मा बोल्न नसक्ने पात्रको रुपमा देखिएकी थिइन् । यसैले पनि नम्रताका लागि दृष्टिबिहिन भूमिका गर्न त्यती गाह्रो छैन ।

फिल्ममा दुबै पात्र आँखा देख्न नसक्ने भएकाले पनि अब कसले राम्रो काम गरेका छन् भन्ने अड्कल काट्न थालिएको छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठ जसले राम्रो काम गरेपनि फिल्मलाई नै फाइदा हुने बताउँछन् ।

सुवास गिरी र आर्यन सिग्देलले नै मिलेर बनाएको यो फिल्मले मन छुने विश्वास निर्देशक दिनेश राउतको छ । भोली फिल्म प्रदर्शनमा आएपछि आर्यन र नम्रतामध्ये कसले आफूलाई अभिनयमा अगाडि देखाउनेछन्, केही घन्टा प्रतिक्षा गरौ ।

For More videos Log on to Mazzako TV