साढे २ लाखको जागिर छाडेकी वेनिशा
अभिनेत्री वेनिशा हमाल अब आफ्नो करिअर केही अगाडि बढ्छ कि भन्ने सोचमा छिन् । वेनिशा अब भने नेपाली फिल्मका चर्चित अभिनेता निखिल उप्रेतीसँग देखिदैछिन् । सविर श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ फिल्मका लागि वेनिशा पक्का भैसकेकी छिन् । फिल्मको छायांकन फागुन दोश्रो साताबाट सुरु हुनेछ ।
अभिनेत्री हमाल अहिले फिल्म नगरिमा नै करिअर बनाउने सोचका साथ अगाडि बढेको बताउँछिन् । उनले आफूले एक विमान कम्पनीमा करिब साढे २ लाखको जागिर छाडेर फिल्म क्षेत्रमै काम गर्ने सोचले अगाडि बढेको बताइन् ।
अभिनेत्री हमालका हातमा केही प्रोजेक्ट आएका छन् । केही समय अघिसम्म फिल्म नभएर फुर्सदिली बनेकी वेनिशा अब भने करिअर अगाडि बढ्नेमा ढुक्क देखिएकी छिन् ।
स्वर, मोक्ष, कालो पोथी जस्ता फिल्ममा काम गरेकी वेनिशा म्यूजिक भिडियोमा बढी देखिएकी छिन् । अब भिडियो कम गरेर फिल्ममा काम गर्ने योजना उनको छ ।
For More videos Log on to Mazzako TV