अभिनेता अनमोल केसीसँग काम गर्न त्यती सहज छैन निर्मातालाई । अहिले फिल्म क्षेत्रकै सर्वाधिक डिमाण्डिङ अभिनेताको रुपमा अनमोल धेरै कुरामा ध्यान दिन्छन् । फिल्मका गीतसंगीत, कथावस्तु, टिम र आफूलाई सुहाउने-नसुहाउने बिषयमा अनमोल ध्यान दिन्छन् ।

यसैले पनि बर्षमा एउटा मात्र फिल्म खेल्ने अनमोलले ३५ वटा भन्दा बढी फिल्म रिजेक्ट गरिसकेका छन् ।

anmol-ck

अभिनेत्री झरना थापाले पनि फिल्म ए मेरो हजुर २ का लागि अनमोल केसीको प्रतिक्षा गरेकी थिइन् । तर, अनमोलको समय नमिलेको र फिल्म छायांकनमा गैहाल्नु पर्ने भएकाले उनले पनि यसमा काम नगर्ने भएका छन् ।

धेरै फिल्म अनमोलले यस्तै यस्तै कारण देखाएर रिजेक्ट गरिसकेका छन् । अनमोल गीतसंगीतमा पनि चुजी देखिएका छन् । आफू अभिनय गर्ने गीतमा प्ले ब्याक कसले गर्छ भन्ने कुरामा पनि अनमोल सजग देखिन्छन् । आफू अभिनय गर्ने गीतमा प्ले ब्याक सुहाएन भने पनि अनमोल सल्लाहा दिन्छन् ।

बर्षमा एउटा मात्र फिल्म मुश्किलले गर्ने अनमोललाई लिएर फिल्म बनाउन निर्माताहरुले धेरै नै सोच्नु पर्छ ।

For More videos Log on to Mazzako TV