काठमाडौं । पूर्वप्रधानमन्त्री शुशिल कोइराला राजनीतिज्ञ मात्र थिएनन कलामा समेत रुचि राख्थे । उनले अफ्नो शुरुवाती जीवनको लक्ष्य हलिउडको हिरो बन्ने रहेको समेत बताएका छन् ।

यदि राजा महेन्द्रले २०१७ सालमा ‘कु‍ु’ नगरेका हुन्थे त कोइरालाले आफूलाई हलिउडको परिक्षामा सामेल गर्थे नै । त्यसका लागि उनले भारतमा गएर अभिनेता बन्ने प्रारम्भिक तालिम पनि लिइसकेका थिए । तर परिस्थितले उनको ‘हिरो सपना’ तुहाइदियो । तर हिरो नै नबनेपनि गीत भने उनले गाएका छन् ।

उनमा गीतसंगीतप्रतिको रुचि पनि रहेछ । यो कुरा उनले भाषणमा गीतका प्रसङ्ग समावेश गरेकोबाट पनि थाहा हुन्छ। कतिपय अवस्थामा त उनी भाषण गर्दागर्दै गीत गाउँथे।

ती मध्य उनले गाएको एउटा गी यस्तो छ :

For More videos Log on to Mazzako TV