माघ २९ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘क्लासिक’लाई चलचित्र सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । सोमबार बेलुकी फिल्मको सेन्सर गरिएको छ ।

फिल्म हेर्दा सेन्सर बोर्डका कर्मचारीको आँशुमा आँसु आएको थियो । फिल्मको कथावस्तु, कलाकारको अभिनय, गीतसंगीतलाई बलियो आधार मानिएको छ ।

classic-fist-look-1

सुवास गिरीको निर्माणमा बनेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्मलाई लिएर अहिले दर्शकमा उत्साह पनि छ । फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म क्लासिक हेर्न अब सबै उमेरका दर्शक हलसम्म जान सक्नेछन् ।

फिल्मले दर्शकको मन छुने विश्वास यसका निर्माता सुवास गिरीको छ । फिल्मलाई मनदेखि हेर्न निर्देशक दिनेश राउतले आग्रह गरेका छन् ।

For More videos Log on to Mazzako TV