काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई उपलब्धीमूलक बनाउने दिशामा मार्गप्रसस्त गर्न आएका अर्थ मन्त्री विष्णु पौडेलले सरोकारका भारतीय मन्त्रीहरुसँग भेटघाट जारी राखेका छन् ।

आइतबार बिहान दिल्ली उत्रिएका मन्त्री पौडेलले गृहमन्त्री राजनाथ सिंहलाई अपरान्ह भेट गरेका छन् भने साँझ विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता गरेका छन् । सो अवसरमा उनले द्विपक्षीय हित र चासोका बारेमा कुराकानी गरेको अर्थमन्त्री पौडेलका सल्लाहकार मोहन चपागाईंले जानकारी दिए ।

गृहमन्त्री सिंहसँगको भेटवार्तामा मन्त्री पौडेलसँग अर्थ सचिव लोकदर्शन रेग्मी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलगायतको उपस्थिति रहेको थियो ।

cy{dGqL lji0f'k|;fb kf}8]n cfOtaf/ tLg lbg] ef/t e|d0fdf k|:yfg ug{'cl3 lqe'jg cGt/f{li6«o ljdfg:yndf ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

स्वराजसँगको भेटवार्तामा उनी हरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा नेपाल–भारत सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको अर्थमन्त्री पौडेलका निजी सचिव धनीराम शर्माले जानकारी दिए ।

विदेशमन्त्री स्वराजले भारत सरकारको सहयोगमा सञ्चालित परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन र थप सहयोग गर्न आफूहरु तयार रहेको अर्थमन्त्री पौडेललाई विश्वास दिलाएकी थिइन।

यस्तै, भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारका तर्फबाट प्राप्त हुने सहयोग रकमलाई पनि तत्काल उपलब्ध गराउने वचन विदेशमन्त्री स्वराजले अर्थमन्त्री पौडेललाई दिएको शर्माले जानकारी दिए ।

‘‘विदेशमन्त्रीसँग दुई देशको परियोजना, नयाँ आयोजनाका बारेमा महत्वपूर्ण कुराकानी भयो र प्रधानमन्त्री ओलीको भ्रमणलाई सार्थक बनाउन दुबै पक्षले सकारात्मक पहल गरिने भएको छ’’, अर्थमन्त्री पौडेललाई उद्धृत गर्दै शर्माले भने ।

यस्तै, भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने र थप सुमधुर बनाउने विषय केन्द्रित रहेको थियो । सोमबार बिहान नेपाल र भारतका उच्च अधिकारीबीच थप छलफल हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको आगामी फागुन ७ गतेबाट हुने भनिएको भारत भ्रमणलाई द्विदेशीय सम्बन्ध र आसपी सहयोगको विस्तारका लागि अर्थमन्त्री पौडेलको भ्रमण केन्द्रित रहेको छ । अर्थमन्त्री पौडेलले सोमबार समकक्षी अरुण जेट्लीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

For More videos Log on to Mazzako TV