तनहुँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३औँ महाधिवेशनमा अब आफूले कसैका लागि उमेदवारी नछाड्ने बताएका छन् ।

Ramchandara Poudelनेपाली काँग्रेस तनहुँको जिल्ला अधिवेशनको आइतबार दमौलीमा उद्घाटन गर्दै पौडेलले पार्टीभित्र आफूले सबैलाई छाडिसकेको बताउँदै यो पटकको महाधिवेशनमा सभापतिमा लडेरै छाड्ने उद्घोष गरे ।

पौडेलले विगतमा वरिष्ठ नेता शेरबहादुर देउवा र सुशील कोइरालालाई पटक–पटक सहयोग गरेको भन्दै उनले यसपटक उनीहरुले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताए । नेपाली

नेपाली काँग्रेसभित्र गुटबन्दीको अन्त्यका लागि पनि आफूले सभापतिमा उम्मेदवारी दिने नेता पौडेलले बताए ।

For More videos Log on to Mazzako TV