हाँस्य अभिनेता ज्योती काफ्ले अब फिल्ममा पनि देखिएका छन् । फिल्मको मुख्य कलाकार भएर उनले लालजोडीमा अभिनय गर्न लागेका छन् । शनिबार उनले अर्की कलाकार आयुष्मा कार्कीसँग टेक दिएका छन् ।
laljodi-shoot
रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गर्ने यो फिल्ममा पूर्णतया कमेडी बिषय समेटिएको छ । यसैले पनि हाँस्य कलाकारलाई फिल्ममा लिएको लक्ष्मणको भनाई छ । फिल्ममा रजनी केसी, पुरन थापा, वुद्धी तामाङ, गोविन्द कोइराला, सीपी पौडेल लगायतले काम गर्दैछन् ।

लक्ष्मणले यस अगाडि फिल्म एउटा साथी निर्देशन गरेका थिए । फिल्म लालजोडीको कथाले हाँस्य कलाकार माग्ने भएकाले पनि अधिकांश कमेडी कलाकार लिएको उनले बताए । फिल्मको छायांकन काठमाण्डौमा करिब एक महिना हुनेछ ।

For More videos Log on to Mazzako TV