पाल्पा । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले तराई टुक्र्याउन विदेशीले आशीर्वाद दिएको आरोप लगाएका छन् । उनले मुलुकको पहाडबाट तराई टुक्र्याउन विदेशीले सहयोगका साथै आशीर्वाद दिएको बताएका हुन् ।

Madhav Nepalएमाले पाल्पाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो अवस्थामा पहाडबाट तराई छुट्याउनका लागि रोक्न कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गरे । ‘तराईको भूभागलाई टुक्र्याएर देशलाई विखण्डन गर्ने गरी तयारी तीव्र रूपमा भइरहेको छ,’ उनले भने । नेता नेपालले संविधानले तराईका जनतालाई अधिकारबाट वञ्चित नगरेको बताए । उनले आन्दोलनरत मधेसी नेताहरूको मधेसी जनताप्रति कुनै मायाममता नभएको आरोपसमेत लगाए ।

‘देशलाई संघीयतामा लैजाँदा ६ प्रदेशबाट ७ प्रदेश बनाउनु ठूलो गल्ती भएको छ,’ उनले भने, ‘पुन: ७ प्रदेशबाट ८ प्रदेश बनाउने प्रयास गरिएमा देशको समस्या कहिल्यै टुंगिने छैन ।’ उनले एमाले अहिलेको संरचना तत्काल परिवर्तन गर्ने पक्षमा नभएको बताए । एमाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने नसके समानान्तर शक्ति अरू हुन नसक्ने बताउँदै कार्यकर्तालाई उत्पादनशील कार्यमा लाग्न सुझाव दिए ।

कृषिमा आधुनिकीकरण, जलविद्युतको विकास, यातायातको विस्तार तथा देशमा भएका सम्भावनालाई विकास गर्न सकेमा देश चाँडै समृद्ध बनाउन सकिने उनले बताए ।

 

For More videos Log on to Mazzako TV