काठमाडौं । विगत चार महिनाभन्दा बढी समयदेखि ठप्प भएको वीरगञ्ज–रक्सौल नाका सहज बन्दै गएको छ ।

मधेसी मोर्चाको अवरोधका कारण लामो समयदेखि ठप्प भएको रक्सौल सामान्य अवस्थामा सञ्चालन भइरहेको भन्सार विभाग उपमहानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभायो ।

Birjung Border Reopens

File Photo

मितेरी पुलमा राखेको पाल हटेको छ भने रक्सौल र वीरगञ्जमा अड्किएका मालबाहक ट्रक आवतजावत हुन थालेका थिए । मोर्चा कार्यकर्ता त्यहाँ बन्द गर्न गए पनि स्थानीयवासीको सहयोगमा अवरोध हटेको हो ।

नेपाल आयल निगमका उपकार्यकारी प्रमुख सुशील भट्टराईका अनुसार नाका खुलेको भए पनि आधिकारिक रुपमा रक्सौल–काठमाडौँ मार्ग चल्ने निगमका ट्याङ्कर आवतजावत भएका छैनन् ।

उनले यस नाकामा अड्किएर रहेका ट्याङ्कर भने आवतजावत भएको जानकारी दिँदै आधिकारीक रुपमा यस मार्गमा चल्ने ट्याङ्कर इन्धन उपलब्ध हुने विषयमा सोमबार मात्र थाहा हुने बताए ।

भट्टराईले भने– “नाका खुलेको भए पनि इन्धन आयातमा सहज भयो भन्ने भन्दा पनि अन्यत्र रहेका ट्याङ्कर तथा बुलेटलाई रक्सौल–काठमाडौँ रुटमा केन्द्रित गर्न निर्देशन दिएका छौँ ।”

मुलुकमा आयात हुने इन्धनको ७० प्रतिशत परिमाण यसै नाकाबाट हुँदै आएको थियो । गत भदौ ७ गतेदेखि मोर्चाले नाकाबन्दी घोषणा गरेपछि राजधानीसहित देशभर इन्धनको सङ्कट हुँदै आएको थियो ।

For More videos Log on to Mazzako TV