चर्चित हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन गरेको एक राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । जसमा सितारामले नै मोडलिङ गरेका छन् । आफ्नो देश प्यारो भएको भन्दै यसलाई अलग बनाउने खेल नखेल्न सबैलाई सितारामले आग्रह गरेका छन् ।
dhurmus-geet

बसन्त सापकोटाको संगीत, स्वरुपराज आचार्यको स्वर रहेको यो गीतमा दिनेश थपलियाको शब्द छ । थपलियाको नयाँ एल्बम ‘सजग’मा समावेश यो गीतको भिडियो हेर्दा नेपालीलाई नेपालप्रतिको माया अझ बढेर आउँछ ।

सामाजिक सेवामा सक्रिय भएपछि सिताराम देशप्रति अझ गम्भिर बनेका छन् ।

For More videos Log on to Mazzako TV