चलचित्र ‘चलेछ बतास सुस्तरी’ यही माघ २९ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको छ । प्रर्दशनको संघारमा चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सिम सिम’ बोलको यो गीतमा चलचित्रका नायक प्रमोद प्रमोद भारद्वाज र सुष्मा कार्कीलाई मज्जासँग कम्मर मर्काएको देख्न सकिन्छ ।

Pramod susma
चलचत्रिका निर्माता प्रदिप भारद्वाज स्वयंले लेखेको यो गीतमा आवाज गायक जेम्स प्रधानको रहेको छ । यो गीतलाई विकास चौधरीले संगीत गरेका हुन् । ठट्यौली पाराको विशुद्ध नेपालीपन बोकेको यो गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन।

Pramod and Sushma
सबु सुबेदी र अनिला खढ्काले निर्देशन गरेको चलचित्र ‘चलेछ बतास सुस्तरी’मा हरी घले लामाले छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV