अभिनेत्री रेखा थापासँग प्राय फिल्मीकर्मी आफ्ना फिल्म जुधाउन चाहदैनन् । अझ, रेखाको ब्यानरका फिल्म भएको खण्डमा त धेरै फिल्मीकर्मी झस्कन्छन् । तर, यसपटक भने रेखासाग ठूलै ब्यानरको फिल्मको भिडन्त हुँदैछ ।
Rekha Thapa 2
रेखाको रामप्यारीसँग विकास आचार्यले निर्देशन र निर्माण गरेको फिल्म नाई नभन्नु ल ४को चौथो सिक्वेल जुध्दैछ । छविराज ओझाको किस्मत २ आउने नआउने टुंगो छैन ।

रेखाले पोखरामा आयोजना भएको साहित्य महोत्सवमा घुमाउरो शैलीमा आफ्नो प्रतिस्पर्धी फिल्म माथि निशाना हानेकी छिन् । उनले फिल्म भनेको दर्शक रुवाउन नभई दर्शकलाई शक्ति दिनका लागि निर्माण हुनुपर्ने बताइन् ।

फिल्म हेरेपछि दर्शकमा मैले पनि केही गर्नुपर्छ भन्ने भावना जागृत हुनुपर्ने रेखाले बताइन् । रेखाले दर्शक हलमा रुन जाने होइन समेत भनेकी छिन् । फिल्म नाई नभन्नु ल को पहिलो देखि तेश्रो सिक्वेलसम्मले दर्शक रुवाएका छन् । यसैले रेखा कतै चौथो सिक्वेलमाथि यो अस्त्र प्रहार त गरिरहेकी छैनन् ।

अहिले माघ २९ गते र फागुन २१ गते भिड्ने फिल्मका निर्माता एक अर्कामाथि आरोपमा उत्रिएका छन् । रेखा र विकासमा भने  यो देखिनेछैन, आशा गरौ ।

For More videos Log on to Mazzako TV