काठमाडौं । भुकम्प पीडितका लागि त्रिपाल खरिदमा अनियमितता गरेको भन्दै जिल्ला विकास समिति काठमाण्डौंका स्थानीय विकास अधिकारी (एलडीओ) तिर्थराज भट्टराई र लेखा अधिकृत याम नारायण शर्मा सहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

CIAA-office-buildingभट्टराई र शर्मा सहित जिविस काठमाडौंका स्टोर किपर चिरंजीवी खड्का न्यू पशुपति ट्रेड एण्ड सप्लायर्सका संचालक मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्क प्रसाद गौतम र सेविका इन्टरप्राइजेजका संचालक होम प्रसाद गौतम विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

कम गुणस्तरको त्रिपाल खरिद गरेर विभिन्न एजेण्टसंगको मिलोमतोमा महंगो मुल्यमा भन्सार शुल्क दाखिला गरि राज्यलाई हानि नोक्सानी पुर्‍याएको अख्यितारको दावी छ ।

भारतबाट ३ लाख २८ हजार १६ मा आयात भएको त्रिपाललाई बढाएर झण्डै ४४ लाख कायम गरि विक्रि गरेको दावीसहित सोही अनुपातमा विगो बमोजिम जरिवानाको माग गर्दै उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो । उनीहरुलाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही र सजायको माग दाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।

बिशेषमा मुद्धा दायर भएसंगै काठमाण्डौ एलडिओसहित सरकारी अधिकारी स्वतः निलम्वनमा परेका छन् ।

For More videos Log on to Mazzako TV