छेउमै रहेका दुई अभिनेत्री रेखा थापा र गौरी मल्ल सारीमा उपस्थित छन् । रेखा थापालाई त नेपाली फिल्म नगरिमा छोटो पहिरन लगाउने अभिनेत्री भनिन्छ । तर, पोखरामा आयोजना भएको साहित्य महोत्सवमा रेखाले ठाउँ अनुसारको पहिरन गरिन् ।
rekha-richa-and-gauri
रेखा र गौरी सारीमा उपस्थित हुँदा नेपाली फिल्मको प्रतिनिधित्व गर्दै महोत्सवमा पुगेकी अभिनेत्री ऋचा शर्माको पहिरन भने असहज खालको थियो । माथि बाक्लै कपडा लगाएपनि ऋचाले तल भने घुँडासम्म ढाक्ने पहिरन लगाएकी थिइन् ।

ऋचाको बोली भाँसिएको थियो । माघको जाडोमा फेवातालबाट आउने चिसोले पक्कै जाडो बनाउछ नै । तर, ज्वरोका कारण तातो पानी र औषधी लिइरहेकी ऋचालाई पहिरनको त्यस्तो प्रवाहा भएन । ऋचाले यदि कुनै पनि समय बसाई बिगारिएको भए उनी पनि वार्डरब मालफक्सनमा पर्ने पक्का थियो ।

धेरैजसो अभिनेत्री पहिरन लगाउन जान्दैनन् । छोटा, खुलेका पहिरन लगाउनुलाई उनीहरु फेसन ठान्छन् । तर, जाडो महिनामा पारदर्शी पहिरन लगाउनुलाई फेसन भनिदैन, पहिरन लगाउन नजानेको भनिन्छ । त्यसमाथि कार्यक्रमको प्रकृती वुझेर पहिरन लगाउन जरुरी छ । विरामी ऋचाले सायद, यो कुरा वुझिनन् या वुझेर पनि आवश्यक ठानिनन् ।

श्रोतका अनुसार ऋचाको पहिरन शैलीप्रति कार्यक्रममा उपस्थितविच राम्रै चर्चा भएको थियो ।

For More videos Log on to Mazzako TV