निर्माता तथा अभिनेता हसनराजा खानले रोमियो नामक फिल्म बनाउने भएका छन् । एचआरके प्रोडक्शनले बनाउने यो फिल्मको ‘तिमी किन ल्याङ ल्याङ गर्दैछौ मैयाँ’ बोलको गीत पनि रेकर्ड भैसकेको छ ।
sahima-shretha
हसनले बनाउने यो फिल्ममा २ अभिनेत्रीको आवश्यक छ, तर कसैको पनि टुंगो लागेको छैन । फिल्मलाई सुमन घिमिरेले निर्देशन गर्ने पक्का भैसकेको छ ।

यो फिल्मको कथावस्तु नखुलाइएपनि २ महिला र एक पुरुषको कथालाई उठान गरिएको देखिन्छ । फिल्म रोमियोमा ३ गीत रहनेछन् । जसमा सुनिल पाण्डे, अर्जुन पोख्रेल र ताराप्रकाश लिम्बुले संगीत भर्नेछन् । सुनिल पाण्डे र सहिमा श्रेष्ठले रेकर्ड भएको गीतमा आवाज दिएका हुन् ।

अलबिदा फिल्म बनाएर असफल भएपछि हसनले रोमियो निर्माणको यात्रा थालेका छन् । मार्चको बिचबाट फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV