नेपाली फिल्मका कलाकार व्यवसायिक छैनन् भन्ने आरोप नलागेको होइन । आफ्नो फिल्मको प्रचारमा समय नदिने फिल्मका कलाकार अन्य गतिविधीका कुरा भने छिनछिनमा अपडेट गर्छन् । priyanka-in--momo
सायद, अहिले अभिनेत्री प्रियंका कार्कीको फेसबुक हेर्ने हो भने पनि यस्तै देखिन्छ । अभिनेत्रीले आफ्नो फेसबुकमा आफू अभिनित फिल्मको प्रचार यती गरेकी छैनन् होला, जती उनी मःम खानका लागि फ्यानलाई आग्रह गरिरहेकी छिन् । अभिनेत्री कार्कीको फेसबुकमा देखिने यो आग्रह हेर्दा लाग्छ, उनका लागि फिल्म भन्दा यसको महत्व धेरै छ ।

हुनत, कुनै कुराको जिम्मा पाएपछि त्यसका लागि समय दिनु राम्रो कुरा हो । तर, आफ्नो मुख्य पेशा फिल्मलाई पनि यसरी नै समय दिने हो भने के हुन्थ्यो होला ।
मःम खाने समय, स्थान र उनको तयारी छिनछिनमा अपडेट भएको देख्न सकिन्छ । कलाकारका फेसबुकमा आफ्ना फिल्मका लागि पनि यत्ती धेरै महत्वका साथ अपडेट भएको पाइदैन ।

नेपाली फिल्म जगतमा अहिले चर्चित रहेकी यी अभिनेत्रीको सफल फिल्म खासै छैन । नाई नभन्नु लको ब्रान्ड र वडा नम्बर ६ अभिनेत्री कार्कीका कारण हिट भएका होइनन् भनिन्छ ।

अभिनेत्री ज्यूले फिल्मको प्रचारमा पनि यसरी तालिका सहित सार्वजनिक गर्ने नीति लिइदिए कती राम्रो हुन्थ्यो होला ?

For More videos Log on to Mazzako TV