अभिनेता आर्यन सिग्देलको डरलाग्दो द्धन्द्धका कारण चैत्र १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आवेग’लाई ‘पीजी’ सर्टिफिकेट मिलेको छ । यो फिल्ममा आर्यनले गरेको द्धन्द्ध हेर्नलायक बनेको छ । aabeg-nepali-movie

निर्देशक बसन्त निरौलाका अनुसार पूर्ण व्यवसायिक यो फिल्मलाई सेन्सरका कर्मचारीले मन पराएका छन् । उनले फिल्मको सेन्सरपछि आफूहरुमा अझ आत्मविश्वास बढेको बताए ।

अब, यो फिल्म हेर्नका लागि १६ भन्दा मुनिका बालबालिकालाई आफ्नो आमाबुबाको साथ चाहिनेछ । तर, नेपाली फिल्मले सेन्सरबाट पाएको आदेश अनुसारको कार्यन्वयन हलमा भने भएको छैन ।

मसला शैलीको यो फिल्ममा आर्यन सिग्देल, पवित्रा आचार्य, अर्चना डेलाला, ध्रुव दत्तको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV