राजु गिरीले  निर्देशन गरेको फिल्म ‘विन्दास ३’मा आखिर यसपटक कस्तो कथावस्तु उठान गरिएको होला भन्ने कौतुहलता दर्शकमा छ । फिल्मको ‘कसले देख्यो र अप्सरालाई’ बोलको गीत हिट भैसकेकोले पनि राजु खुबै आशावादी छन् ।
bindash-3
उनी, आफ्नो फिल्ममा सेक्स र प्रेमलाई बेचिएको बताउँछन् । मानिसको जीवनमा प्रेम र सेक्स मध्ये कुन बढी महत्वपूर्ण हो भन्ने कथालाई फिल्ममा देखाइएको उनको भनाई छ ।

उनका अनुसार प्रेमलाई सेक्ससँग दााज्ने र यूवतीलाई देहका लागि प्रेम गर्ने एक यूवकको रुपमा कलाकार मनिष कार्कीले काम गरेका छन् । यस्तै, प्रेम भन्दा सेक्स ठूलो होइन भन्ने कथामा अशोक फुयाँलले काम गरेका छन् । यी दुबैलाई कलाकार शुभेच्छा थापाले साथ दिएकी छिन् ।

माघ २२ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई लिएर राजुले खुबै विश्वस्त भएको बताए । फिल्मको कथावस्तु अघिल्ला २ सिक्वेल भन्दा उत्कृष्ट रहेको राजुको दाबी छ ।

For More videos Log on to Mazzako TV