काठमाडौं । आईसीसी अन्डर १९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्याण्डबिरुद्धको खेलमा नेपालले २ सय ३९ रनको लक्ष्य दिएको छ ।फतुल्लाहमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ्ग गरेको नेपालले पूरै ओभर खेल्दा ७ विकेट गुमाउदै २ सय ३८ रन बनाएको छ ।

ओपनरद्धय सन्दिप सुनार र सुनिल धमलाले पहिलो विकेटकालागि ३९ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सन्दिप ३९ र सनिल १५ रनमा आउट भए ।

ICC-u19कप्तान राजु रिजालले ४८ रन बनाएको इनिङ्समा आरिफ सेखले ३९, राजविर सिहले २४, दिपेन्द्र सिह ऐरी १६ र योगेन्द्र सिंह कार्की ६ रन बनाए । कुशल भुर्तेलले ३५ र प्रेम तामाङले ४ रन बनाउदै अविजित रहे । न्युजिल्याण्डका नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए ।

कठिन समुहमा रहेको नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना न्युजिल्याण्डबिरुद्धको खेलले तय गर्नेछ । समुह चरणका अन्य खेलमा नेपालले बलिया प्रतिद्धन्दी इन्डिया र आयरल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ ।

For More videos Log on to Mazzako TV